जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रवल गुरुङले डिजाइन गरेको ड्रेसमा खुलेकी कियरा

काठमाडौँ – ‘कविर सिंह’ फेम्ड बलिउड अभिनेत्री कियरा अडवानी नेपाली फेसन डिजाइनर प्रवल गुरुङले डिजाइन गरेको ड्रेसमा ‘कान्स फिल्म’ फेस्टिभलमा देखिएका छिन् ।

सो ड्रेसमा निकै सुन्दर देखिएका उनले फोटोहरू सामाजिक सञ्जाल इन्ष्टाग्राममा साझा गरेकी छिन् । उनका फोटोमा फ्यानहरूले कमेन्टको वर्षा नै गरेका छन् भने उनको लुक्सको प्रशंसाको भइरहेको छ ।

यो ड्रेसको डिजाइन गर्ने गुरुङ अमेरिकाको न्युयोर्कमा बस्छन् । सिंगापुरमा जन्मिएका उनी काठमाडौँमा हुर्के बढेका हुन । 

उनले डिजाइन गरेका लुगा नाम चलेका अमेरिकी मोडल, सिनेमाका कलाकारले लगाउँछन्। उनले डिजाइन गरेको कपडा अमेरिकाको फर्स्ट लेडी मिसेल ओबामाले पनि लगाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?