जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

नर्स विधी लम्साललाई मिस नेपाल पिसको उपाधि

काठमाडौँ – यस वर्षको मिस नेपाल पिसको उपाधि काभ्रेपलाञ्चोककी विधी लम्सालले जितेकी छिन्। 

नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी लम्सालले प्रतियोगितामा विजेताको टाइटलसहित बेस्ट पर्सनालिटीको टाइटल पनि जितेकी छिन्।

नर्सिङ पेसामा रहेकाहरूका व्यक्तिगत विशेषतालाई लिएर भएको प्रतियोगितामा २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै नर्स लम्सालले मिस नेपाल पिस २०२४ को ताज पहिरिएकी हुन्।

प्रतियोगितामा अनिसा पराजुली फस्ट रनरअप भएकी छिन्। प्रतियोगी नम्बर २२ की पराजुली नयाँ ठिमी भक्तपुरकी हुन्। उनी हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा साइकियाट्रिक नर्सिङमा मास्टर अध्ययनरत छिन्। उनले मस्ट इन्टेलेक्च्युअलको टाइटल पनि जितेकी छिन्।

यसैगरी, पला रेग्मी सेकेन्ड रनरअप भएकी छिन्। सामाखुसी निवासी रेग्मी पिसिएल नर्सिङ उत्तीर्ण हुन्। उनले विनायक कलेज अफ हेल्थ साइन्सबाट नर्सिङ अध्ययन गरेकी हुन्। उनले मस्ट चार्मिङको टाइटलि पनि जितेकी छिन्।

यसैगरी, प्रतियोगितामा मोनिका थापा मगरले स्पेसल अवार्ड नर्स विथ व प्रपोज, मस्ट फोटोजेनिक र बेस्ट स्किनको टाइटल सदिति श्रेष्ठ, मस्ट पपुलर र पब्लिक च्वाइस लस्ता श्रेष्ठ, मिस फिटनेस सलिना बादे र मस्ट ट्यालेन्ट दिव्या बम ठकुरीले जितेकी छिन्।

प्रतियोगितामा नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार, डा सुवास आचार्य, डा‍‍.सुजिता हिराचन, डा स्मृति मास्के, सजना केसी र टिकाराम बुढाथोकी निर्णायक मण्डलमा थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?