जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पृथ्वीजयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले दिए शुभकामना

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्य धारणालाई अनुसरण गरेर त्यसको पदचाप पछ्याउनु पर्ने बताएका छन् ।

३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पूर्वराजाले पृथ्वीनारायण शाहलाई गौरवशाली व्यक्तित्वको रूपमा स्मरण गर्नुपर्ने जनाएका छन् ।

उनले पृथ्वीनारायण शाहबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता रहेको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले सन्देशमा भनेका छन्, ‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरवशाली व्यक्तित्व मान्दछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?