जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पारिश्रमिकबारे विवाद भएपछि अनिल कपुरले हाउसफुल ५ नखेल्ने

काठमाडौँ– हाउस फुल फ्रेन्चाइजीको पाँचौँ फिल्म ‘हाउसफुल–५’ मा अनिल कपुरले काम नगर्ने भएका छन् । फिल्म निर्मातासँग पारिश्रमिकबारे विवाद भएपछि फिल्म छोड्ने निर्णय गरेका हुन् ।

हाउस फुल ५ मल्टिस्टारर फिल्म हो । यस फिल्ममा अक्षय कुमारसँगै अनिल कपुरले महत्वपूर्ण भूमिकामा देखिने वालामा थिए ।

मिड डे न्युजका अनुसार अनिल कपुरले पारिश्रमिकबारे विवाद भएपछि फिल्म छाड्ने निर्णय गरेका हुन् ।

रिपोर्टका अनुसार अनिल कपुरले निर्माता साजिद नाडियाडवालासँग आफ्नो पारिश्रमिकका विषयमा मतभेद भएपछि हाउसफुल ५ छाडेका हुन् । अन्तिम क्षणमा अनिलले फिल्म खेल्न नमानेपछि निर्माताहरूले नाना पाटेकरलाई उनको ठाउँमा काष्ट गर्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?