फिल्म ‘शिरफूल’ असार ७ बाट हलमा प्रदर्शनीमा

काठमाडौँ– यही असार ७ गतेदेखि फिल्म ‘शिरफूल’ हलमा प्रदर्शनीमा आउने भएको छ । छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको फिल्मको निर्देशन कमल एक्चै मगरले गरेका हुन् ।

नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा सोही विषयवस्तुमा केन्द्रीत रहने निर्देशकले जनाएको छ ।

फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रयास गरिएको उनको भनाइ छ ।

फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगर लगायतको अभिनय छ। अभिनेत्री मरिष्का पोखरेलले विशेष भूमिका निर्वाह गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?