जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आमा बनिन् बलिउड अभिनेत्री यामी गौतम

काठमाडौँ– बलिउड अभिनेत्री यामी गौतम आमा बनेकी छन्। श्रीमान् आदित्य धरले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै छोरा जन्मिएको उल्लेख गरेका छन् ।

उनीहरूले आफ्नो छोराको नाम वेदाविद राखेका छन्। वेदाविदको अर्थ वेदको ज्ञाता बताइएको छ।

उनीहरु ४ जुन २०२१ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरूको पहिलो भेट ‘उरी: द सर्जिकल स्ट्राइक’को सेटमा भएको थियो। यसको करीब दुई वर्षपछि उनीहरूले विवाह गरेका हुन्। यामी पछिल्लो समय फिल्म ‘आर्टिकल ३७०’मा देखिएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?