जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोखरा थिएटरमा नाटक ‘१२ दुर्वासा’ माघ १३ गतेसम्म मञ्चन हुने

पोखरा– पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘१२ दुर्वासा’ मञ्चन भइरहेको छ । यो नाटक हिजो (बिहीवार) देखि मञ्चन भएको हो ।

परिवर्तनको निर्देशनमा तयार पारिएको यो नाटकमा रमेश बाबु तिमल्सिना, अनुषा परियार, रविन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल लगायतका कलाकारको अभिनय रहेको छ ।

नाटक ‘टुभेल एङ्ग्री म्यान’ अमेरिकी नाट्यकर्मी रेन्गाल्ड रोजले लेखेका हुन् । नेपालीमा उक्त नाटकको अनुवाद सुरेश सापकोटाले गरेका हुन् ।

‘टुभेल एङ्ग्री म्यान’ एक प्रसिद्ध नाटक हो । यो नाटकमा छोराले बाबुको हत्या गरेको या नगरेको विषयलाई कथानक बनाइएको छ ।

यो नाटकमा आधारित रहेर फिल्म समेत निर्माण गरिएको छ । उक्त फिल्म पनि लोकप्रिय फिल्ममध्ये एक हो ।

पोखरा थिएटरमा यो नाटक माघ १३ गतेसम्म मञ्चन हुने आयोजकले जनाएको छ । एक घण्टा ४० मिनेट लामो यो नाटक हरेक दिन ४:४५ बजे, त्यस्तै शनिवार र आइतवार दिउँसो १ बजेसमेत मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?