जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एनसेलले मौसमका कारण हुने प्राकृतिक प्रकोपबारे पूर्वसूचना दिने

काठमाडौं— एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपबारे पूर्वसूचना प्रवाह गर्ने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले एनसेलसंग प्राकृतिक प्रकोपबारे पूर्वसूचना प्रवाह सम्बन्धी सम्झौता गरेको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार एनसेल र विभागले पूर्वसूचना प्रणालीअन्तर्गत १३ वटा प्रकोपबारे सूचना प्रवाह गर्ने भएको हो ।

बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावाहुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषणलगायतका बिषय ती १३ प्रकोपको सुचीभित्र समेटिने छन् ।

सहकार्यबारे विभागका महानिर्देशक डा. जगदीश्वर कर्माचार्यले प्राकृतिक विपतका घटना घट्नुभन्दा अगावै प्राप्त हुने पूर्वसूचना र उक्त जोखिमबाट बच्न मानिसका लागि महत्वपुर्ण साबित हुने बताए ।

त्यस्तै, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विभागसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै पूर्वसूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई सम्भावित जोखिमबारे सूचित गर्दैसुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?