जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकार सागर लम्साल फिल्म निर्माणको तयारीमा

काठमाडौं । हाँस्य कलाकार सागर लम्साल ‘बले’ले फिल्म निर्माण गर्ने भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत त्यसको जानकारी दिएका छन् ।

उनले आफ्नै होम प्रोडक्सन बेले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेका हुन् । त्यसका लागि अहिले उनले आफैंले स्क्रिप्ट लेखन गरिरहेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ १२ वर्ष अगाडि चलचित्र ‘लोफर’ बाट अभिनय यात्रा सुरु गरि चर्चित हाँस्य टेलिशृङ्खला भद्रगोल तथा सक्किगोनी हुँदै म्युजिक भिडियो अभिनय तथा प्रोडक्सनमा यहाँहरूले दिएको मायालाई आत्मसाथ गर्दै अबको यात्रामा आफ्नै बले इन्टरटेनमेन्टको होम प्रोडक्सनमा चलचित्र निर्माणको सोच बनाएको छु ! यहाँहरूको माया तथा हौसलाको अपेक्षा !’

फिल्म ‘लोफर’बाट फिल्मको अभिनय यात्रा सुरु गरेका सागरले त्यसपछि ‘लज्जा’ र ‘हैरान’मा पनि अभिनय गरेका छन् । सागरले आफ्नो फिल्म प्रेमकथासँगै कमेडी फ्लेभरको हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?