जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

बन्द भयो चोरेको डेटा लिक गर्ने प्लेटफर्म ‘ब्रिच फोरम’

काठमाडौँ –  साइबर अपराधीले चोरेका डेटा लिक गर्न प्रयोग हुने प्लेटफर्म ‘ब्रिच फोरम’ बन्द भएको छ ।

अहिले यो वेबसाइट खोल्दा एफबीआईले साइट आफ्नो नियन्त्रणमा लिएको भन्ने मेसेज देखिन्छ । सम्भवतः अमेरिकी अनुसन्धान निकाय ‘फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन’ (एफबीआई)ले  साइटको सर्भर र डोमेन दुवैलाई कब्जा गरेको हुनसक्ने देखिन्छ ।

सूचनामा पनि एफबीआईले अहिले साइटको ब्याकइन्ड विश्लेषण गरिरहेको उल्लेख गरेको छ । 

युरोपेली संघको कानूनी निकाय ‘द युरोपियन युनियन एजेन्सी फर ल इन्फोर्समेन्ट कोअपरेसन’ को संवेदनशील डेटा चोरेर ब्रिच फोरममा राखेपछि एफबीआईले उक्त प्लेटफर्म कब्जामा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एफबीआईले दाबी गरेको जस्तो उनीहरूसँग ब्रिच फोरमको ब्याकइन्ड डेटा छ भने उनीहरूसँग प्रयोगकर्ताको ईमेल, आईपी एड्रेस, निजी मेसेज र अन्य जानकारी पनि हुन सक्छ । जसले गर्दा डेटा लिक गर्छु भन्दै धम्की दिने ह्याकरहरूलाई एफबीआईले नियन्त्रणमा लिन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?