जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हलमा दुई नेपाली फिल्म र दुई भारतीय फिल्मको भिडन्त

काठमाडौँ— आज शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘चित्रा’ र ‘पर्खी बसें तिमीलाई’ प्रदर्शनमा आएका छन् ।

दीपक श्रेष्ठले निर्देशन गरेको फिल्म ‘पर्खी बसें तिमीलाई’ मा किरण श्रेष्ठ, रक्षा बुढाथोकी, अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै घनश्याम लामिछानेले निर्देशन गरेको फिल्म ‘चित्रा’ मा भने सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दिपेश गजुरेल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।

यस फिल्ममा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्वन्द्व समेटिएको छ ।

योसँगै आजदेखि नै नेपाली हलहरुमा अन्य दुईओटा विदेशी फिल्म समेत प्रदर्शनमा आएका छन् ।

नेपाली चलचित्र ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाईु’ सँगै आजदेखि नै विदेशी फिल्म ‘क्याप्टेन मिलर’ र ‘मेरी क्रिसमस’ पनि प्रदर्शनमा आएका छन् ।

श्रीराम राघवनले निर्देशन गरेको फिल्म ‘मेरी क्रिसमस’ मा क्याटरिना कैफ, विजय सेतुपति र राधिका आप्टेको अभिनय देख्न सकिन्छ ।

यस्तै अरूण माथेश्वरनले निर्देशन गरेको फिल्म ‘क्याप्टेन मिलर’ मा धनुष, प्रियंका अरूल मोहन, शिवराज कुमार, निवेदिता सतीश, विनायकन, सन्दीप किशनलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?