जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

आज २०८१ साल जेठ १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ।

नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : संयमित भएर भएको धन जोगाउनु राम्रो हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त भएकाले श्रम लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन रमाइलो बन्नेछ। राम्रो कमाइ हुनेछ। विदेशमा भन्दा स्वदेशमा धेरै सम्भावना छन्। कृषि र पशुपन्छीको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

मिथुन : श्रमको मूल्य प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। समाजमा तपाईंको सम्मान बढ्नेछ।

कर्कट : दिन सामान्य छ। विरोधी सक्रिय भएकाले पैसाको कारोबारमा सचेत हुनु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। परिवारमा मनमुटाव हुने देखिन्छ। आफ्नो कुरा मात्र लागू हुन्छ भनेर सोच्नु गलत हुनेछ। विदेशमा गरेको लगानीले उत्साह बढाउने छ।

सिंह : बोलीको प्रभावले तपाईंको आकर्षण बढ्नेछ। शिक्षा क्षेत्रमा राम्रो आम्दानी हुनेछ। साथीको सहयोग प्राप्त हुने दिन छ। लगानीको क्षेत्रमा परिवारको सुझाव लिएर अगाडि बढेमा सफलता हात लाग्नेछ।

कन्या : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा अवसरको ढोका खुल्नेछ। देशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा छलफल नगरी कामको सुरुवात गर्दा विवाद हुने देखिन्छ।

तुला : परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। तपाईंको सफलता देखेर विरोध गर्नेहरु सक्रिय हुनेछन्। परिवारमा विवाद हुने जोखिम रहेकाले घर व्यवहारमा समय दिनु राम्रो हुनेछ।

वृश्चिक : खर्च बढ्ने योग छ। श्रमको मूल्य प्राप्त नहुने देखिन्छ। साथी अनुकुल भएकाले सामाजिक सेवामा अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानीका क्षेत्रमा देशभित्र अवसर देखिन्छन्। यसलाई सदुपयोग गर्नु राम्रो हुनेछ।

धनु : भाग्यको उदय हुनेछ। लगानी सफल बन्नेछ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको यात्रा तय हुनेछ। पुराना साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारको साथ लिएर लगानी गर्नु फाइदाजनक हुनेछ।

मकर : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। श्रमको उचित मूल्यांकन नहुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। परिवारको साथ पाएमा दैनिकी सहज बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग रहेकाले सोचेको काम नबन्ने जोखिम हुन्छ। आजै बन्ने काम झुलाएर राख्ने खतरा देखिन्छ। लगानीका क्षेत्रमा विवाद हुनेछ। आफन्त मार्फत् लगानी गर्नु फाइदाजनक हुनेछ। परिवारको तर्फबाट भने रचनात्मक साथ मिल्नेछ।

मीन : दिन राम्रो छ। तपाईंका पूर्व योजना सफल बन्नेछन्। आफन्तसँगको भेटले मन खुशी हुनेछ। स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको सुधार हुँदै जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?