जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘मिस्टर तामाङ-२०२४’ सौन्दर्य प्रतियोगिता हुने

काठमाडौँ– पहिलो पटक ‘मिस्टर तामाङ-२०२४’ सौन्दर्य प्रतियोगिता हुने भएको छ । तामाङ भाषा, धर्म, कला, भेषभूषा, रीतिरिवाज, संस्कृति, रहनसहनलाई तामाङ युवापुस्तामाझ पुर्‍याउने उद्देश्यले ‘मस्स इन्टरनेशनल’ले प्रतियोगिता गर्न लागेको हो ।

१६ देखि ३० वर्षसम्मका पाँच फिट उचाइ भएका तामाङ युवाहरुलाई प्रतियोगिताका लागि आवेदन दिन आह्वान गरिएको थियो । यस प्रतियोगिताका लागि तामाङ युवाहरु सहभागी भइसकेका छन् ।

प्रतियोगितामा हिरोज लोप्चन, ओम सिंह स्याङ्बो तामाङ, विश्वराज स्याङ्बो लगायतका युवाहरु सहभागी छन् ।
प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने फर्स्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?