मध्यराती पलले दर्शकसँग किन भेट गरे ?

काठमाडौँ– अभिनेता पल शाहले मङ्गलबारको मध्यरात फिल्मका दर्शकसँग भेटेका छन् । गत बिहिबारदेखि प्रदर्शनमा रहेको फिल्म ‘पुजार सार्की’का नायक पल शाहले काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा साढे १० बजेको अन्तिम शो हेरेर निस्किएका दर्शकसँग फिल्म सकिएपछि मध्यराति १ बजे भेटेका हुन् ।

पलले दर्शकको भेटमा नेपाली फिल्मले निकै फड्को मारेको भन्दै खुशी व्यक्त गरेका थिए। पल गत आइतबार जापानको टोकियोमा भएको ऐतिहासिक शो सम्पन्न गरेर सोमबार साँझ काठमाडौं उत्रिएका थिए। उनले जापान जसै गरी नेपालमा पनि नयाँ रेकर्ड राती सवा दश बजे भएको शो हुनसक्ने सम्भावना व्यक्त गरे।

गत जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’मा दर्शकको संख्या उल्लेख्य छ। फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, सुभाष गजुरेल, प्रेम सुब्बालगायतको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?