जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रेड- २ मा भिलेन बन्दै रितेश देशमुख

 काठमाडौँ – औपचारिक घोषणाबाटै चर्चामा रहेको अजय देवगणको फिल्म ‘रेड २’ का भूमिकामा देखिने कलाकारको नाम धमाधम सार्वजनिक हुन थालेको छ।

जसले फिल्मको चर्चा कायम राख्दा रितेश देशमुख एकपटक फेरि भिलेनको रुपमा देखिने भएका छन् । हालै फिल्मको सेटमा रितेशलाई स्वागत गर्दै अजयले आफ्नो इन्टाग्राम ह्यान्डलमा एउटा फोटो शेयर गरेका थिए ।

‘सम्बन्धले भाइ, रोजाईले प्रतिद्वन्द्वी, स्वागत छ,’ फोटो शेयर गर्दै क्याप्सनमा उनले लेखेका छन् । अजय र रितेश आमने सामने भएर भिड्न लागेको यो पहिलो पटक हो । 

 फिल्मको सुटिङ गएको हप्ता मात्रै मुम्बईमा सुरु भएको थियो । बाँकी सुटिङ दिल्ली, उत्तर प्रदेश र राजस्थानमा हुनेछ । गएको हप्ता मात्रै फिल्म निर्माताहरुले फिल्मको पोष्टर जारी गरेका थिए ।

पोस्टरमा छालाको कालो जुत्ता लगाएको एक व्यक्तिको खुट्टा देखाइएको छ । खुट्टाको तल ‘अमय पटनायक फर्किएको छ’ भनेर लेखिएको छ ।

फिल्मको रिलिज सन् २०२४ को नोभेम्बर १५ मा हुने खुलासा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?