जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

काठमाडौँ संसारको उत्कृष्ट ‘प्राकृतिक गन्तव्य’ घोषित

काठमाडौँ – सांस्कृतिक नगरी काठमाडौँ  संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रूपमा घोषित भएको छ । यो घोषणा विश्व प्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले गरेको हो । 

ट्रिप एडभाइजरले १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, सांस्कृतिक गन्तव्य, खाना गन्तव्य,  हनिमुन गन्तव्य र दिगो गन्तव्य गरी सात वटा वर्ग छुट्टाएर सूची सार्वजनिक गरेको छ ।

जसअनुसार काठमाडौँ विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्यमध्ये एक नम्बरमा र विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये २४औँ नम्बरमा परेको छ ।

विश्व प्रसिद्ध ट्राभल वेबसाइटमा काठमाडौँ उत्कृष्ट प्राकृतिक गन्तव्यको सूचीमा परेपछि नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ ।

ट्रिप एडभाइजरले विश्वभर यात्रा सहजीकरण गर्दै बुकिङ, गन्तव्य छनोट र योजना बनाउन सहयोग गर्दै आएको छ । 

पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा १० लाखभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण  गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?