जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकारिता क्षेत्रको दौडमा सुषमा (फोटो फिचर)

कुबेर डंगोल
0
Shares

काठमाडाैँ- म्यूजिक भिडियो, विज्ञापन, चलचित्र तथा थुप्रै फेसन ‘सो’ हरुमा व्यस्त रहेकी सुषमा परियारलाई २०७३ सालमा नवलपरासीबाट काठमाडाैँ छिर्दा कुन क्षेत्रमा परिचय बनाउने भन्ने अन्यौलता थियो।

ठूलोबुवाकोमा बसेर पढ्न आएकी उनलाई ठुलो बुवाकै छोरीले अर्थात् उनकी दिदीले गर्ने त्यतिबेलाकाे कामले ध्यान तान्यो।

मैतीदेवीमा रहेकाे पार्लरमा काम गर्ने दिदीकै सुझावमा सौन्दर्यको फिल्डमा उत्रिएकी उनी समयसँगै यही कार्यमा डुब्दै गइन् । सिकेर कहिल्यै नसकिने यो काम सम्बन्धी थुप्रै ट्रेनिङ लिएकी उनी विगत पाँच वर्ष देखि कलाकारिता क्षेत्रमा छिन् ।

आफ्नो काममा रमाउन सक्यो भने त्यो कामले कहिले दुखी नबनाउने र झन निरन्तर ऊर्जा दिइरहने उनको धारणा छ। ‘मैले मेकअप आर्टिस्ट भएर पाएको सन्तुष्टि, सायद म अरू काममा भएको भए नपाउन पनि सक्थेँ की’ उनी भन्छिन् ।

मोडल: सुष्मा परियार

ड्रेस डिजाइनर: ज्योति केसी

मेकअप स्टुडियो: जावरिया मेकअप स्टुडियो