जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट आजबाट

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

पहिलो दिन आज नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबिच टीयू मैदानमा पहिलो खेल हुनेछ । कोसी र मधेस प्रदेशबिच मुलपानी मैदानमा र लुम्बिनी र गण्डकी प्रदेशबिच सिद्धार्थ मैदानमा खेल हुनेछ ।

एक दिवसीय प्रतियोगिता राउन्ड रोविन लिगमा खेलाइनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी दश टोली सहभागी छन् ।

प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुने तालिका छ भने लिग चरणका खेलहरू त्रिवि क्रिकेट मैदान, मुलपानी र सिद्धार्थ क्रिकेट रङ्गशाला भैरहवामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?