जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

ओटीटी प्लाटफर्ममा समेत रिलिज हुँदै फिल्म ‘एनिमल’ 

काठमाडाैँ– बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गर्ने चलचित्रका रूपमा दर्ज भएको चलचित्र हो रणबीर कपुरको ‘एनिमल’ । 

फिल्महल पछि अब भने यो चलचित्र ओटीटी प्लाटर्फममा समेत रिलिज गर्ने तयारी भइरहेको छ ।  

गत डिसेम्बर १ तारिखमा रिलिज भएको यो चलचित्र करिब ४० दिनपछि अर्थात् जनवरी २६ तारिखमा ओटीटी प्लाटफर्ममा समेत रिलिज हुने भएको हाे ।  

खबरका अनुसार करिब ३ घण्टा २१ मिनेटको यो फिल्म ओटीटीमा सार्वजनिक भएपश्चात भने केही लामो हुनसक्ने छ ।

यस चलचित्रमा रणबीर कपुर, रश्मिका मंदना, अनिल कपूरसंगै बाबी देवलले अभिनय गरेका छन् । यस चलचित्रको ‘जमाल कुडु’ नामक गीतले पनि धेरै चर्चा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?