जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कहिले आउँदैछ आइफोनमा नयाँ अपडेट?

काठमाडौँ– अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोनमा अपडेट ल्याइरहन्छ । आइफोनले आईओएस १७.३ मा फोन चोरी हुनबाट रोक्न ‘स्टोलन डिभाइस प्रोटेक्सन’ ल्याउँदैछ ।

यसै कारण अहिले यसको अपडेटलाई लिएर चर्चा भइरहेको छ । यसको बेटा भर्सन केही समयअघि रिलिज भइसकेको छ । सबैका लागि भने अहिले यो फिचर उपलब्ध छैन ।

खबरका अनुसार जनवरीको अन्तिमसम्म एप्पलले सबै डिभाइसका लागि यो सुविधा दिनेछ ।

आइफोन प्रयोगकर्ताले सेटिङमा गएर यसको बेटा भर्सन इन्स्टल गरी ‘स्टोलन डिभाइस प्रोटेक्सन’ प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?