जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यू-१९ अभ्यास खेल : स्टकल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अभ्यास खेलमा आज स्कटल्याण्डको सामना गर्दै छ ।

दक्षिण अफ्रिकाको डोबसनभिल्ले क्रिकेट क्लबमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।

नेपालले यसअघि खेलेका स्कटल्याण्ड र नामिबियासँगका अनौपचारिक अभ्यास खेल जितेको थियो । नेपालले यस पछि आगामी मंगलबार वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

जनवरी १९ देखि शुरु हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम :

देव खनाल ‘कप्तान’, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?