जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

यसकारण आकाश निलो देखिन्छ

काठमाडौं । तपाईले कहिले याद गर्नु भएको छ आकाश किन निलो हुन्छ ? अथवा आकाश निलो भएको प्रत्यक्ष देख्नु भएको छ ? यदि आकाश निलो भएको देख्नु भएको छैन र के कारण आकाश निलो हुन्छ थाहा छैन भने आज हामी तपाईलाई रोचक कुरा बताउने छौ ।

वास्तवमा आकाश भनेकै पृथ्वी वरिपरि हावाको ढकनी हो। सूर्यको प्रकाशबाटै आकाशले रङ प्राप्त गर्छ । पृथ्वीको वायुमण्डल बाहिर हावा र अन्तरिक्षको रङ हुँदैन तर सूर्यको प्रकाशमा इन्द्रधनुषमा पाइने सबै रङ हुन्छ ।

जब सूर्यको प्रकाश हावा हुँदै छिर्छ ती रङ छरिन्छन् । नीलो रङ बढी छरिन्छ । उक्त नीलो रङ हाम्रो आँखामा पर्छ र हामी आकाश नीलो देख्छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?