जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विभिन्न रोगको घरेलु उपचारमा दालचिनी

काठमाडौँ – दालचिनी प्राय सबैको भान्सामा सहजै पाइन्छ। खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ। सथै दालचिनी कयौँ रोगको एउटै घरेलु उपचार पनि हो। दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ। सिलोन दालचिनी अन्य दालचिनी भन्दा फरक हुन्छ। यो दालचिनी रुखबाट उत्पादन हुन्छ। सिलोन दालचिनीका विभिन्न फाइदा छन्।

क्यान्सरको जोखिम घटाउँछ
क्यान्सर रोगको उपचारमा मानिसले धेरै समय र ठूलो खर्च गर्नुपर्छ। तर, नियमित रुपमा मात्रा मिलाएर खाएमा दालचिनीले क्यान्सरको जोखिम घटाउँने चिकित्सकले बताएका छन्। सिलोन दालचिनी क्यान्सरका बिरामीका लागि एक आशाजनक घरेलु उपचार हुनसक्छ। यसमा क्यान्सरसँग लड्ने इन्जामका साथै एन्टीअक्सिडेन्ट, एन्टीइन्फ्लामेट्री र एन्टीमाइक्रोबियल गुण हुन्छ। 

उच्च रक्तचाप घटाउन सहयोगी
हरेक किसिमको दालचिनीमा एसिड पर्याप्त मात्रा हुने गर्छ। अध्ययनका अनुसार सिलोन दालचिनीको सेवन रक्तचापलाई कम गराउन लाभकारी मानिन्छ। मुटुसम्बन्धी विभिन्न समस्याको जोखिम घटाउन पनि दालचिनीको भूमिका महत्वपूर्ण हुन्छ।

मधुमहेका लागि निकै फाइदाजनक
मधुमेहका बिरामीका लागि सिलोन दालचिनी निकै फाइदाजनक मानिन्छ। यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ। त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?