जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेत्री नयनताराविरुद्ध कानुनी लडाइँमा उत्रियो हिन्दु सेवा परिषद्

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको भावनामा ठेस पुर्याएको भन्दै दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री नयनताराविरुद्ध हिन्दु सेवा परिषद् कानुनी लडाईमा उत्रिएको छ ।

परिषदले उनीविरुद्ध जबलपुरस्थित ओमती प्रहरी चौकीमा जाहेरी दर्ता गराएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । नयनतारा मुख्य भूमिकामा रहेको तामिल चलचित्र अन्नपुर्णीले हिन्दु धर्मालम्बीहरुलाई अपमान गरेको आरोप छ ।

चलचित्रको केही संवादमा भगवान श्रीरामबारे अभद्र टिप्पणी गरिएको, बिरयानी बनाउनुअघि मन्दिरको पुजारीकी छोरीले हिजाब लगाएर नमाज पढिरहेको देखाइएको, ब्राम्हण हिन्दु केटीले मुस्लिम धर्मलाई प्रेरित गरेको, साँझको समयमा पुजारीको घरमा सन्ध्या आरती भइरहेको बेलामा अभिनेत्रीले मासु पकाइरहेको जस्ता दृश्यका कारण यस्तो विवाद नसकिएको हो ।चलचित्रमा नयनताराले मन्दिरको पुजारीको छोरीको भूमिका निभाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?