जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘मिस्टर नेपाल–२०२४’को आवेदन खुल्यो

काठमाडौँ –  ‘मिस्टर नेपाल २०२४’ को खोजी शुरु भएको छ ।  आयोजक नेक्स्ट मोडल्सले बिहीबार विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

प्रतियोगीतामा १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन सक्नेछन् भने प्रतियोगिताको आवेदन ई सेवा तथा नेक्स्ट मोडल्स नेपालको कार्यालय वा सामाजिक सञ्जालबाट समेत प्राप्त गर्न सकिनेछ ।

प्रतियोगितामा सहभागी हुन उचाइ ५ फिट ७ इन्च माथि उचाइ भएको नेपाली नागरिक हुनुपर्ने छ । विज्ञप्तिमा अनुसार असारको अन्तिम साताबाट मिस्टर नेपालका लागि देशभर अडिसन हुनेछ ।

देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्विमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।

देशभर छरिएर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न हुँदै आएको हो । प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२४’ वा ‘मिस्टर ग्लोबल २०२४’ मा नेपालको प्रतिनिधित्वको अलवा नगद र पुरस्कार विभिन्न गिफ्ट समेत जित्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?