न्यूकासललाई पराजित गर्दै म्यानचेष्टर सिटी दोस्रो नम्बरमा उक्लियो

काठमाडौँ– गतराति भएको खेलमा न्यूकासललाई पराजित गर्दै म्यानचेष्टर सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

उक्त खेलमा सिटीले ४३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा पुगेको हो ।

न्यूकासलको घरेलु मैदानमा भएको उक्त खेलमा सिटीले ३ गोल प्रहार गरेको थियो । खेलमा न्यूकासलले २ गोल गरेको थियो ।

सिटी र न्यूकासलबीच भएको खेलमा पहिलो गोल सिटीका लागि बर्नान्डो सिल्भाले २६ मिनेटमा गरेका थिए । यस्तै केभिन डिब्रुयनले ७४ औं मिनेटमा र ओस्कार बबले ९० मिनेट पछि गोल गरे ।

न्यूकासलका खेलाडी अलेक्जेन्डर इशाकले ३५ औँ मिनेटमा र एन्थोनी गोर्डोनले ३७ औँ मिनेटमा गोल गरे ।

प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुल छ । सिटीको लिभरपुलभन्दा दुई अंक कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?