जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अनुहारमा किन आउँछ कालो पोतो ? कसरी हुन्छ उपचार ?

काठमाडौँ – पोतोको कारण कतिपय मानिस मानसिक समस्यामा पर्ने गर्छन्। गाला, आँखाको छेउछाउ देखिने पोतोले मानिसको मनोबल नै कमजोर बनाइदिन्छ। 

छाला रोग विशेषज्ञ डा.प्रतिभा श्रेष्ठका अनुसार यो एउटा कस्मेटिक समस्या हो। तर यसले स्वास्थ्यलाई कुनै असर गर्दैन। यो महिला पुरुष दुवैमा हुने गरेता पनि अहिले धेरै महिलामा देखिएको छ। आँखा मुन्तिरको भागमा र गालामा देखिने कालो रङको पत्रलाई कालो पोतो भनिन्छ।

किन आउँछ पोतो ?

कालो पोतो आउने कारण धेरै हुन्छन्। जसमा उज्यालो पहिलो नम्बरमा पर्छ। सूर्यबाट आउने पराबैजनी रङ्गको विकिरणले कालो पोतो आउँछ।

अन्य कारणमा कुनै खाइरहेको औषधिले पनि आउँछ। जसमा गर्भ निरोधक चक्कीको सेवनले आउँछ। धेरै चिन्ता लिँदा पनि आउँछ यसका साथै खानपानमा ध्यान नदिँदा बासी बिग्रेका खाना खाँदा, धुलो, धुवाँ र फोहोरका कारण पनि पोतो देखिने हुन्छ। धूम्रपान सेवन गर्दा पनि अनुहारमा कालो पोतोको समस्या आउँछ।

उपचार के ?

श्रेष्ठका अनुसार यसको पहिला कारणहरू खोज्नु पर्दछ। जसमा उज्यालोको कारणले आएको हो भने सेतो हुने औषधिहरू लगाउनुपर्छ। भिटामिन लगाउनु पर्दछ। त्यत्तिले पनि भएन भने हामीले उहाँलाई भिटामिन दिइन्छ। लेजर पनि गरिन्छ। तर लेजर गरेपछि केही महिना राम्रो देखिए पनि पछि गाढा भएर देखिन्छ।

यसको उपचारका लागि भिटामिन खान लगाइन्छ। त्यसमा पनि एउटाले भएन भने अर्को दिइन्छ। यो निको त हुन्छ तर ढिलो हुन्छ। त्यसैले यसको उपचार सम्भव छ तर गाह्रो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?