जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

औषधीय गुण भएको कुरिलोको कमाल थाहा पाउनुस्, यस्ता छन् फाइदा

कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सबैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।

नेपालको मैदानी जंगलदेखि हिमाली भू–भागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारमा पाइन्छ ।

उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन । तर औषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पोलिसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भएको भनेर चर्चा गरेको छ ।

कुरिलोको सेवन पीडा कम गर्न मात्र नभएर स्तनपान गराइरहेका महिलाको दुधको मात्रा बढाउन, पिसाब पोल्ने समस्या हटाउन, कामोत्तेजना वृधदिका लागी, अनिद्रा, भोक नलाग्ने समस्या, पाचन प्रणालीमा सुधार, पेटको ट्युमर, घाँटीमा भएको संक्रमण ब्रोंकाइटिस लगायतका रोगको उपचारका लागि कुरिलो उत्तम मानिन्छ ।

यी रोगको उपचारका लागि कुरिलोको जरा तथा काण्ड दुबै प्रयोग गरिन्छ । अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?