जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

फिल्म

होम प्रोडक्सनको फिल्ममार्फत छोरालाई डेब्यु गराउँदै विराज भट्ट

जोयनेपाल
0
Shares
तस्वीर– अनिल थापा

काठमाडौं– नेपाली तथा भोजपुरी फिल्ममा लोकप्रिय अभिनेता विराज भट्टले फिल्म ‘१२ गाउँ’ मार्फत छोरालाई नेपाली फिल्ममा डेब्यु गराउने भएका छन् ।

उनले आफ्नो आगामी प्रोजेक्टमा छोरालाई डेब्यु गराउने भएका हुन् । लामो समयदेखि दर्शकमाझ नदेखिएका विराजले नयाँ प्रोजेक्टमा छोरालाई डेब्यु गराउन लागेको स्रोतले बतायो ।

परिवारका बारेमा खासै नखुलेका विराजले छोराका बारेमा भने कुनै जानकारी दिएका छैनन् । विराजले आफ्नो छोरालाई हाल भारतको मुम्बईमा अभिनय कक्षा र मार्सल आर्ट सिकाइरहेका छन् ।

छोरालाई फिल्ममा डेब्यु गराउने भनिए पनि अन्य जानकारी भने खुलाइएको छैन । यो फिल्मको निर्देशन विराज आफैले गर्नेछन् भने लगानी पनि उनकै रहनेछ ।

स्रोतका अनुसार फिल्मको छायांकन नेपाल र भारतका विभिन्न स्थानमा गरिनेछ । फिल्म एक्सनले भरिपूर्ण हुने बताइएको छ ।

यसअघि विराजले फिल्म ‘साङ्लो’ निर्माण गरेका थिए । उक्त फिल्मले औसत व्यापार गरेको थियो ।

यो पनि पढ्नुहोस‍्ः यी हुन् ‘१२ गाउँ’ बाट फिल्ममा डेब्यु गर्न लागेका विराज भट्टका छोरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?