जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

गर्मीमा अफिस जाँदा छालाको कसरी हेरचाह गर्नुपर्छ ?

काठमाडौँ – यदि तपाई गर्मीमा दैनिक घामको किरणको सामना गर्दै अफिस जानुहुन्छ भने, घामको कडा प्रभावले तपाईको छालालाई असर गर्छ ।

आफ्नो छालालाई सुन्दर र नरम बनाउन सबैको चाहना हुन्छ, तर केही मानिसहरु यस्ता हुन्छन् जो गर्मीमा चर्को घामको सामना गर्दै दैनिक अफिस जान्छन् ।

यस्तो अवस्थामा छाला कालो हुन थाल्छ, यसबाट बच्न मानिसहरु धेरै प्रयास गर्छन् । हरेक दिन अफिस जाने युवतीहरूको छाला घामले प्रभावित नहोस् भन्ने कुरा सुनिश्चित गर्नका लागि केही कुरामा ध्यान दिनुपर्छ ।

यी कुराहरुलाई ध्यानमा राख्नुहोस्
जब तपाईं बाहिर जानुहुन्छ, आफ्नो अनुहारमा सनस्क्रिन लगाउनुहोस्। यदि तपाईं लामो समयको लागि सूर्यको प्रकाशमा पर्नुहुन्छ भने, हरेक ३० मिनेटमा सनस्क्रिन प्रयोग गर्नुहोस्। घरबाट बाहिर निस्कनुअघि स्कार्फको सहायताले आफ्नो अनुहार पूरै छोप्नुहोस्। यति मात्र होइन, अफिसमा पनि कम्तिमा दुई–तीन पटक सफा पानीले अनुहार धुनुपर्छ ।

क्लिन्जर प्रयोग गर्नुहोस्
यसका लागि तपाईंले अफिसबाट घर जाँदा कम्तीमा दुई पटक सफा पानीले अनुहार धुनुहोस्। यदि तपाइँ हरेक दिन अफिस जानु अघि मेकअप गर्नुहुन्छ भने, ध्यान राख्नुहोस् कि गर्मीको मौसममा धेरै पसिनाका कारण मेकअप फेल हुन्छ। जसका कारण छाला सम्बन्धी समस्या पनि आउन सक्छ । यसबाट बच्न तपाईले हल्का मेकअप प्रयोग गर्न सक्नुहुन्छ वा अफिस पुगेपछि हल्का मेकअप गर्न सक्नुहुन्छ।

मोइस्चराइजर प्रयोग गर्नुहोस्
कतिपय मानिस गर्मीको मौसममा मोइस्चराइजर प्रयोग गर्दैनन्, तर त्यसो गर्दा छालालाई हानी हुन्छ। गर्मी मौसममा मोइस्चराइजरको प्रयोग अवश्य गर्नुपर्छ, यसबाहेक सीरम छालाका लागि निकै फाइदाजनक मानिन्छ । तपाइँ यसलाई प्रयोग गर्न सक्नुहुन्छ, गर्मीको मौसममा दैनिक अफिस जाने केटीहरूले आफ्नो हप्ताको छुट्टीको दिनमा स्क्रब गर्नुपर्छ।

स्वस्थ आहार खानुहोस्
यी सबै टिप्स पालना गरेर अफिस जाँदा सजिलै आफ्नो छालाको हेरचाह गर्न सकिन्छ। यसका अलावा गर्मी मौसममा स्वस्थकर खाना खाने र पर्याप्त निद्रा लिनुपर्छ । दिनभरि कम्तीमा ७ देखि ८ गिलास पानी पिउनुहोस्। यसले शरीर र छाला दुवैलाई हाइड्रेटेड राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?