महिलाहरूको दाह्री जुँगा किन आउँछ ?

कतिपय महिलाको माथिल्लो ओठमा जुँगाको रेखी जस्तो देखिने कालो जुँगाको रेखा देखिन्छ। यी रौँ पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वाभाविक देखिन्छ।

महिलामा विभिन्न कारणले गर्दा अनुहारमा रौँ पलाउने गर्छ । जसमा स्वास्थ्यमा आउने गडबडी मुख्य हो । खासगरी महिलाको शरीरमा रहेको टेस्टोरोन हर्मोनका कारण यस्तो समस्या देखा पर्छ ।

 त्यस्तै, विना कारण हुने इडियोपार्थिकले पनि महिलामा दाह्री–जुँगा देखिन्छ । पोलिस्टिक सिन्ड्रोमका कारण पनि कपाल बढी पलाउने गर्छ । त्यस्तै, डिम्बाशयमा हुने कुनै ट्युमरका कारण शरीरको विभिन्न भागमा अनावश्यक रौँ पलाउने गर्छ ।

त्यस्तै वंशाणुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौँ पलाउँछ। राम्रोसँग सुत्न नसकेमा र शरीर सधैं थकित रहन्छ । त्यसैले अनुहारमा अचानक कपाल बढ्नुको कारण यो पनि हुन सक्छ ।

कुनै निश्चित औषधीको असर र पोलिसाइटिक ओभरी सिन्ड्रोम (पीओएस) ले पनि केही महिलाको अनुहारमा रौँ पलाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?