जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अलच्छिना टापु, जसले किन्छ उसैको मृत्यु !

काठमाडौँ – इटालीको आइसोल ला गौओला आइल्यान्डलाई अलच्छिना र रहस्यमय टापु भनेर चिन्छिन । यो टापूलाई आफ्नो बनाउने हरेक मानिसको अकालमै मृत्यु हुने गरेको छ । 

टापुका स्वामीको अकालमै मृत्यु हुने कुरा सन् १९२० देखि मात्रै याद गर्न थालिएको हो । एकजना स्विस नागरिक ह्यान्स ब्राउनले सन् १९२० मा सो टापु खरिद गरेका थिए । खरिद गरेको केही दिनमै उनको रहस्यमय तरिकाले मृत्यु भएको थियो ।

उनको शव कार्पेटमा बेरिएको अवस्थामा फेला परेको थियो । त्यसको केही वर्षपछि जर्मनीका ओटो ग्रुनब्याक नाम गरेका व्यापारीले सो टापु खरिद गरे । खरिद गरेको केही समयपछि हृदयाघातका कारण उनको पनि मृत्यु भयो ।

त्यसपछि केही थान व्यक्तिमा सो टापुको स्वामित्व स्थानान्तरण भयो । ती सबै स्वामीले आत्महत्या गरे । युरोपेली अर्बपति पल गेटीले पनि सो टापु खरिद गरेका थिए । तर, खरिद गर्नासाथ उनको नातिको अपहरण भएपछि उनले हत्तपत्त टापु बिक्री गरिहाले । 

टापुका अन्तिम खरिदकर्ता अहिले जेलमा छन् । यसलाई इटालीमा श्रापित टापु मानिन्छ । त्यसैले वर्षौंदेखि यसलाई कसैले खरिद गरेको छैन ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?