जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

शिल्पा शेट्टी दम्पत्तिविरुद्ध धोकाधडीको उजुरी

काठमाडौँ – बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध अदालतमा उजुरी परेको छ । 

उनीहरू विरुद्ध धोकाधडीको आरोपमा व्यापारी पृथ्वीराज कोठारीले अदालतमा मुद्दा दर्ता गराएका हुन् । उजुरी परेपछि अदालतले यो मामलालाई ध्यानमा राख्दै बान्द्रा कुर्ला कम्प्लेक्स (बीकेसी) प्रहरीलाई दुवैविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । 

व्यापारीका अनुसार शिल्पा र राजले सन् २०१४ मा एक स्कीम सुरु गरेका थिए । स्कीममा लगानी गर्ने माथि दर अनुसार सुन दिने र उसलाई मेच्योरिटी डेटको मात्रा तयमा गोल्ड उपलब्ध गराइने भनिएको थियो ।

दुवैमाथि भरोसा गरेर कोठारीले स्कीममा ९० लाख लगानी गरेका थिए । जस पश्चात ५ वर्ष पुरा भएपछि व्यापारीलाई ५ हजार ग्राम २४ क्यारेट सुन दिने प्रतिबद्धता शिल्पा र राजले जनाएका थिए ।

तर, त्यसो हुन सकेन । व्यापारी कोठारीलाई बजारमा सुनको मूल्य जति नै भए पनि उनलाई सुन दिने भनिएको थियो । तर पाँच वर्ष पुग्दा शिल्पा र राजले आफ्नो प्रतिबद्धता पुरा गरेनन् । त्यसपछि कोठारी उजुरी दिन बाध्य भएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?