जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

हुण्डी कारोबार गरेको आरोपमा महाबौद्धबाट दुई जना पक्राउ

काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका २२ महाबौद्ध क्षेत्रबाट प्रहरीले काभ्रे घर भई कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन घर भई सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतमलाई पक्राउ गरेको बताएको छ ।

राष्ट्र बैंकको निर्देशन विपरीत वित्तीय कारोबार गरिरहेका छन् भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले गत बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले भिमसेनबाट आठ लाख रुपैयाँ बरामद गरेको छ।

त्यस्तै राजुको महाबौद्धस्थित कुमारी आर्केट २०२ नम्बरको राधाकृष्ण जनरल स्टोरबाट ७ लाख ९७ हजार रुपैयाँको चेक र ५ लाख ७५ हजार रुपैयाँ बरामद गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?