जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अभिनेता प्रदीप के विजयन मृत फेला

काठमाडौँ – दक्षिण भारतीय अभिनेता प्रदीप के विजयन मृत फेला परेका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार उनको शव उनकै घरको बाथरुममा फेला परेको हो। उनका साथी पछिल्लो २ दिनदेखि उनलाई फोन गर्ने कोसिस गरिरहेका थिए। उनको फोन नउठेपछि साथीहरूले पुलिसलाई जानकारी दिएका थिए। 

उनले केहिसमय देखि सास फेर्न समस्या र चक्कर आउने गरेको बताउने गरेका थिए ।

उनको मृत्यु हृदयाघातका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको ‘थेगिडी’ र ‘हे सिनामिका’ जस्ता फिल्म चर्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?