जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के तपाई पनि आफ्नो सन्तान खुसी र सफल होस् भन्ने चाहनुहुन्छ ?

काठमाडौं । छोराछोरीको राम्रो पालनपोषणको लागि, आमाबाबुको एक अर्कालाई माया गर्नु धेरै महत्त्वपूर्ण छ। यसले बच्चालाई खुसी र स्वस्थ राख्छ। हरेक अभिभावक आफ्नो सन्तान जीवनमा खुसी र सफल होस् भन्ने चाहन्छन् । जसका लागी आमाबाबुले आफ्ना छोराछोरीलाई हरेक तरिकाले राम्रो पालनपोषण प्रदान गर्ने प्रयास गर्छन् ।

यदि तपाईँ पनि आफ्नो बच्चालाई खुशी दिन चाहनुहुन्छ भने, त्यसका लागि तपाईँले आफ्नो बच्चाको पालनपोषणमा मात्र ध्यान दिएर हुँदैन । साथसाथै तपाईँ र तपाईंको पार्टनरबीच पनि राम्रो सम्बन्ध हुनुपर्छ। एक अनुसन्धानले आफ्नो सन्तानलाई खुसी र आत्मनिर्भर बनाउन सबैभन्दा पहिले आफ्नो पार्टनरसँगको सम्बन्ध सुमधुर बनाउनु पर्ने बताएको छ ।  

कतिपय जोडीहरु यस्ता छन् जो कुनै समस्या पर्दा वा गल्ती गर्दा एक अर्कालाई दोष दिन थाल्छन् । तपाईंको यस्तो व्यवहारले बच्चामा नकारात्मक असर पर्छ। कुनै पनि समस्याको लागि एक अर्कालाई दोष दिनुको सट्टा, तपाईँले त्यो समस्याको समाधान खोज्नमा ध्यान दिनुपर्छ। तपाईँले राम्रो बानीको विकास गरे तपाईँको आफ्नो बच्चाले पनि त्यस्तै बानी सिक्छ ।

यदि तपाईं पनि सानो तिनो कुरामा आफ्नो श्रीमान् वा पत्नीलाई दोष दिन्नुहुन्छ भने, तपाईँले यो बानीलाई बदल्नुपर्छ किनभने यसले तपाईंको बच्चामा नराम्रो प्रभाव पार्न सक्छ। हरेक कठिनाइलाई वार्ताको माध्यमबाट हटाउन सकिन्छ र हरेक समस्याको समाधान वार्ताबाट गर्न सकिन्छ । कुनै समस्या छ भने, एक अर्कासँग कुरा गर्नुहोस् र समस्या समाधान गर्ने प्रयास गर्नुहोस्।

आफ्नो बच्चाको अगाडि आफ्नो पार्टनरको प्रशंसा गर्नुहोस्। यसले तपाईंको बच्चाको सम्बन्धमा सकारात्मक प्रभाव पार्छ र उसलाई बुझाउँछ कि उसको आमाबाबुको बीचमा कति माया छ। यसले बच्चाको सम्बन्धमा आत्मविश्वास बढाउँछ।

यस्तै अर्को कुरा तपाईले आफ्नो पार्टनरको गल्ती र कमजोरीहरूलाई औंल्याउनुहोस्,  यसले तपाईँको बच्चामा सकारात्मक प्रभाव मात्र नभई तपाईं र तपाईँको पार्टनरबीचको सम्बन्धलाई पनि बलियो बनाउनेछ। तसर्थ, तिनीहरूको गल्ती र कमजोरीहरू खोज्नुको सट्टा, तपाईँले तिनीहरूको समस्या समाधान गर्न ध्यान दिनु पर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?