जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

मिठो र स्वादिलो अमलाको स्वास्थ्य लाभ अचम्मको

काठमाडाैं – अमला भिटामिन सीको उत्कृष्ट स्रोत हो, जुन पानीमा घुलनशील भिटामिन हो जसले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ। अमलाले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ, यो पाचन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

छाला र कपाललाई सुन्दर बनाउनका लागि पनि चिनिन्छ । अमलामा भिटामिन पाइन्छ । यसका साथै अमलामा क्याल्सियम, फोलेट, एन्टिअक्सिडेन्ट, फाइबर, आइरन, कार्ब्स, फस्फोरस, ओमेगा ३ र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । यसले तपाईको स्वास्थ्यलाई धेरै तरिकाबाट फाइदा पुर्‍याउन सक्छ। अमला खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।

अमलाका फाइदाहरू  

भाइरल इन्फेक्सनबाट बचाउनको लागि अमलाकाे सेवन राम्राे हुन्छ । बदलिँदो मौसममा रुघाखोकी, अल्सर र पेटमा संक्रमण हुने गर्छ । यी सबैबाट छुटकारा पाउन चाहनुहुन्छ भने अमला खानुहोस् । अमलामा पाइने तत्वले ब्याक्टेरिया र फंगल इन्फेक्सनसँग लड्न मद्दत गर्छ ।

यस्तै आँखाका लागि अमला निकै फाइदाजनक हुन्छ । अमला खाँदा आँखालाई स्वस्थ राख्न सकिन्छ । राम्रो पाचनका लागि खानुहोस्: अमला तपाईको पाचन क्रियाका लागि पनि धेरै राम्रो हुन्छ। यसले पाचनलाई राम्रो बनाउँछ, ग्यास र कब्जियतको समस्याबाट राहत दिन्छ।

अमलामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले शरीरलाई डिटोक्सिफाइ गर्न मद्दत गर्छ। अमलाले शरीरमा रहेको विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?