जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

म्याद गुज्रेका औषधिहरू फाल्नुको सट्टा यसरी प्रयोग गर्नुहोस्, तपाईको घर सफा हुनेछ

काठमाडौं – हामी सबैको घरमा म्यमद गुज्रेका औषधि त्यतिकै फालिरहेका हुन्छौ । विशेषगरी रुघाखोकी, ज्वरोको औषधि घरमा थुप्रै मात्रामा राखिन्छ तर धेरै पटक घरमा राखिएका यी औषधिको म्याद सकिएको भएर यसलाई हामीले उपभोग गर्न सक्दैनौँ ।

यस्तो अवस्थामा हामीले नचाहँदा पनि यी महँगो औषधिहरू फ्याँक्नु पर्छ, तर अब यी औषधिहरू फाल्नु पर्दैन । म्याद गुज्रेका औषधीलाई हामीले हाम्रो भान्सामा पनि प्रयोग गर्न सक्छौ । जस्तै फोहोर, चिया पत्ती वा तरकारीका बोक्राका कारण भान्साको भाडा धुने ठाउँमा कहिले काही पानी बुझिएको हुन्छ अथवा पाइवबाट बाहिर पानी नगएर अवरुद्ध हुँदा तपाईले हैरानी खेप्नु पर्छ ।

यस्तो अवस्थामा यसलाई सफा गर्न प्लम्बर बोलाउनुको साटो यदि औषधिको म्याद सकिएको छ भने त्यसलाई तातो पानीमा घोलेर राती सुत्नुअघि सिङ्कमा हाल्नुहोस् । यसो गर्नाले सिङ्कमा अवरुद्ध हुँदा जम्मा भएको पानी पाइवबाट बाहिर जान्छ अनि कीराहरू मर्छन् र फोहोर पनि स्वतः तल जान्छ।

अर्को यस्तै कुरामा पनि म्याद सकिएको औषधि काम लाग्न लाग्छ । धेरै जसो बाथरुमका नालीहरू जाम हुन्छन् । कीराहरू बढ्न थाल्छन्, जसका कारण बाथरूम अस्वच्छ हुन्छ। यस्तो अवस्थामा यदि तपाई यी कीराहरूलाई बाथरुमबाट टाढा राख्न चाहनुहुन्छ भने, केही म्याद सकिएका औषधीहरू तातो पानीमा भिजाएर बाथरूमको नालीमा हाल्नुहोस्, यसले कीराहरू मार्छ।

यसैगरि म्याद सकिएका औषधिलाई तपाईले बगैंचामा पनि प्रयोग गर्न सक्नुहुन्छ। रुख र बिरुवामा फङ्गस र कीराहरू बढ्न नदिन म्याद नाघेको औषधीलाई पानीमा घोलेर भाँडो र रुखमा हाल्नुहोस्, यसो गर्नाले रुख र बोटमा कीरा र कीराहरू बिस्तारै कम हुन थाल्छन् र रुखहरू स्वस्थ हुन्छन्। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?