जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टिकटकको इन–एप स्पेन्डिङ ‘खर्च’ १० बिलियन अमेरिकी डलर नाघ्यो

काठमाडौं – सामाजिक सञ्जालको भिडियो प्लेटफर्म टिकटक सन् २०२३ मा १० बिलियन अमेरिकी डलर इन–एप खर्चमा पुग्ने पहिलो एप बनेको छ । राजस्वतर्फ ११ प्रतिशत वृद्धिको खुलासा गर्दै टिकटकले बितेको बर्ष २०२३ को लागि एप खर्चको विश्लेषण पोस्ट गरेको छ।

भिडियो प्लेटफर्महरूको मागले वृद्धिलाई बढाएको र गेम्स भने वार्षिक आधारमा २ प्रतिशतले घटेको जनाइएको छ। टिकटकको इन–एप स्पेन्डिङ ‘खर्च’ मा १० बिलियन अमेरिकी डलर नाघेको र थ्रेसहोल्डमा पुग्ने पहिलो एप बनेको तथ्याङ्कले देखाएको छ।

बाइटडान्सको स्वामित्वमा रहेको सोशल मिडियाले प्रयोगकर्ताहरूले स्ट्रिमिङ, युजर–जेनेरेटेड कन्टेन्ट ‘प्रयोगकर्ता–निर्मित सामग्री’ र डेटिङ एपहरूतर्फ बढी खर्च गरेकाले गेम्स भन्दा स्पेन्डिङ एपहरूमा २०२३ मा वृद्धि भएको छ।

यद्यपि, मोबाइलमा सबैभन्दा ठूलो राजस्व चालक भने विज्ञापन नै बनेको छ। मोबाइल बिक्रीको दुई तिहाई मोबाइल विज्ञापनहरूको लागि भएको र यो ३६२ बिलियन अमेरिकी डलर पुग्नुका साथै सन् २०२२ को तुलनामा ८ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।

उपभोक्ताहरू आफ्नो स्मार्टफोनमा लामो समयसम्मका लागि रहने गरेको विश्लेषणले थप खुलासा गरेको छ। प्रति व्यक्ति औसत ६ घण्टा भन्दा बढी समयको साथ इन्डोनेसिया सबैभन्दा उच्च स्थानमा रहेको जनाइएको छ।

साथै शीर्ष १० बजारहरूमा औसत दैनिक एप उपयोगको ५ घण्टा हिट भएको र खर्च पनि ३ प्रतिशतले बढेको छ। शेन र टेमु सबैभन्दा धेरै डाउनलोड गरिएका एपहरू भएको जनाइएको छ। साथै टेमु एप १२५ ओटा बजारमा सबैभन्दा धेरै डाउनलोड गरिने एप भएको उल्लेख छ।

तथ्याङ्क अनुसार, जेनेरेटिभ एआई एप्सले सन् २०२३ को अन्त्यसम्ममा मासिक उपभोक्ता खर्चमा १० अर्ब डलर नाघेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?