जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जहाज खरिद गरे वापत नेपाल एयरलाइन्सले तिर्‍यो ५३ करोड ऋण

काठमाडौं – नेपाल वायुसेवा निगम ‘नेपाल एयरलाइन्स’ ले जहाज खरिदवापतको रु ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।

निगमले पछिल्लो १८ महिनामा किस्ताबापत रु चार अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?