जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एभोकाडो छालाका लागि फाइदाजनक, यसरी बनाउनुहोस् फेस मास्क

काठमाडौँ – स्वादिलो हुनुका साथै एभोकाडो स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यति मात्र होइन, यसको प्रयोग गरेर तपाईले आफ्नो छालालाई चम्किलो र नरम बनाउन सक्नुहुन्छ।

अनुहारलाई चम्किलो र सुन्दर बनाउन एभोकाडो फलको प्रयोग गर्न सकिन्छ । यसले छालालाई स्वस्थ बनाउन मद्दत गर्छ ।
एभोकाडो एक सुपरफुड हो, जसलाई बटर फूड पनि भनिन्छ।

यो खानमा स्वादिष्ट हुनुका साथै छालाका लागि पनि निकै फाइदाजनक मानिन्छ । एभोकाडोलाई पिसेर त्यसमा एक चम्चा मह र दही मिसाएर तीनवटैलाई राम्ररी मिलाएर पेस्ट तयार पारेर १५ मिनेट अनुहारमा लगाएर धुनुहोस्।

एभोकाडो फेस मास्कले तैलीय छालालाई मोइस्चराइज गर्न पनि धेरै मद्दत गर्छ। एभोकाडोले पिम्पलसँग लड्छ र चाउरीहरू निको पार्न मद्दत गर्दछ।

एभोकाडोमा भिटामिन ए, सी, ई जस्ता पोषक तत्वहरू हुन्छन् जसले छालालाई पोषण दिन्छ र यसलाई स्वस्थ राख्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?