जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कसरी घटाउने कोलेस्ट्रोल ? यस्तो छ डा. ओममूर्ति अनिलको सुझाव

काठमाडाैँ – कोलेस्ट्रोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो। यसको उत्पादन प्रमुख रूपमा कलेजोमा हुन्छ। स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ ।

रगतमा पाइने बोसोलाई कोलेस्ट्रोल भनिन्छ । यसले शरीरको प्रत्येक कोशिकालाई जीवित राख्न मद्दत गर्छ । तर, कहिले काहीँ यसको मात्रा बढ्न सक्छ ।

जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुन्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।

मुटु रोग विशेषज्ञ डा‍.ओममूर्ति  अनिल खानासम्बन्धी सामान्य एउटा फर्मुला अपनाए कोलेस्ट्रोल घटाउन सकिने बताउँछन् ।

कोलेस्ट्रोल बढाउने जुन खानेकुरा हुन्छ त्यो जनावरबाट प्राप्त हुन्छ। जुन खानेकुरा वनस्पतिबाट प्राप्त हुन्छ, त्यसले कोलेस्ट्रोललाई बढाउँदैन।

यो ९० प्रतिशतभन्दा बढी खानेकुरामा लागु गर्न सकिन्छ। अर्थात यो फर्मुला अनुसार जनावरबाट प्राप्त हुने खानेकुरा कम गर्नासाथ कोलेस्ट्रोल घटाउन सकिने भयो । 

तर यसका केही अपवादहरू पनि छन्।

दूध जनावरबाट आउँछ भनेपछि यसले कोलेस्ट्रोल बढ्ने भयो। घ्यु, मासुले पनि कोलेस्ट्रोल बढाउने भयो। खाने तेल वनस्पतिबाट आउँछ जसले कोलेस्ट्रोल बढाउँदैन।

अण्डाको सेतो भागले कोलेस्ट्रोल बढाउँदैन। यसै गरी माछालाई फ्राइ नगरी उसिनेर खानुभयो भने यसले कोलेस्ट्रोल बढाउँदैन।

तर सेचुरेटेड फ्याट बढी हुने खाने तेलमा पाम ओइल, कोकोनट ओइलले कोलेस्ट्रोल बढाउँछ । तेललाई भुटेर खाँदा यसले ब्याड कोलेस्ट्रोल बढाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?