गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

काठमाडौँ– गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग इन्गेजमेन्ट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसको घोषणा गरेका हुन् ।

दुबईको बुर्ज खलिफाको सामुन्ने तस्बिर खिचाउँदै काफ्लेले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ।’

गायक काफ्ले र अधिकारी लामो समयदेखि प्रेम सम्बन्धमा थिए । अहिले उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?