जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

‘वातावरणीय प्रतिस्थापन कला कार्यशाला तथा प्रदर्शनी’ सम्पन्न

काठमाडौँ– ‘वातावरणीय प्रतिस्थापन कला कार्यशाला तथा प्रदर्शनी’ सोमबार सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजना तथा गण्डकी प्रज्ञा–प्रतिष्ठान र सिर्जनशील कलाकार समूहको सहकार्यमा सो प्रदर्शनी सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले गरेका थिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले पोखरामा वातावरणीय विषयमा प्रतिस्थापन कला कार्यशाला तथा प्रदर्शनीको नयाँ अनुभव भएको धारणा राखिन् ।

‘सबैजसाे कार्यक्रमहरु काठमाडाैँ केन्द्रीत भएकाे गुनासाे हुन्थ्याे’, उनले भनिन्, ‘काठमाडाैँ बाहिर पनि केही नाैलाे काम गराैं भनेर हामीले सेती बगरमै कार्यक्रम गरेका हाैं । कार्यक्रमबारे निकै राम्राे प्रतिक्रिया आएकाे छ । आगामी दिनमा हामीले यसरी अगाडि जाने साेच बनाएका छाैं ।’ उनले कार्यशालामा कलाकारले जीवन, मृत्यु, बाल्यकाल, संघर्ष, आधुनिक विकासले प्राकृतिक सम्पदामा पारेको असरका बारेमा प्रतिस्थापन कला निर्माण गरेको बताइन् ।

पाेखराका युवा कलाकारहरुकाे अत्यन्तै राम्राे सहभागिता भएकाे कलाकार सुनिल सिग्देलले जाेय नेपालसँगकाे कुराकानीमा सुनाए । उनले भने, ‘यताका कलाकारहरुमा कला भन्ने बित्तिकै हिमाल, पहाडकाे चित्र काेर्नु मात्र भन्ने थियाे । आफ्नै वरपरकाे सामान्य चीजमा पनि कला हुने रहेछ भन्ने कलाकारहरुले थाहा पाए, निकै राम्राे भयाे ।’

कार्यशालामा लोकप्रसाद गुरुङ, प्राज्ञ बुद्धि गुरुङ, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, सुदिन श्रेष्ठ, झविन्द्र गुरुङ, दलबहादुर गुरुङ, शरद भण्डारी, निशान थापा, पर्वतमान राई, गोपाल राई, बाबुराम बस्ताकोटी, हेमकान्ती गुरुङ, पुजन खतिवडा, अनुज खनाल खत्रीलगायतका कलाकारको सहभागिता रहेको थियो ।

फोटो फिचर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?