तीन दिनदेखि सुनको भाउ स्थिर कतिमा हुँदै छ कारोबार

काठमाडौँ– सुनको भाउ विगत तीन दिनदेखि स्थिर छ । बुधबारका लागि पनि सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको नेपाल सुनचाँदी व्यवसायी महसंघले छ ।

सुनको मूल्य जेठ २५ गते हालसम्मकै उच्च तोलाको १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ बुधबार तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०५ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?