जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

माघे संक्रान्तिका अवसरमा नुवाकोटमा ४१ हल गोरु जुधाइने 

काठमाडौँ – माघेसंक्रान्तिको अवसरमा नुवाकोटमा आज ४१ हल गोरु गोरु जुधाइने भएको छ ।  

हरेक वर्ष नुवाकोटमा माघेसंक्रान्तिमा गोरु जुधाउने गरिन्छ । यसैको निरन्तरता जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाउने मेला सञ्चालन हुन लागेको हो । 

आज तारुकाको चन्दनीमा १७, बेत्रावतीमा नौ तथा पञ्चकन्यामा १५ हल गोरु जुधाउन दर्ता गरिएका छन् । तीनै स्थानमा विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। 

तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसं १८८७ मा पहिलो पटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने स्थानीय बुढापाकाको भनाई  छ । 

त्यसलाई हरेक वर्ष माघेसङ्क्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो ।

किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्व लिइएको हो । 

गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौँ, चितवन, मकवानपुर, गोरखाबाटसमेत सर्वसाधारण आउने गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?