जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

के तपाई तौल छिट्टै घटाउन चाहनुहुन्छ ? केही सरल नियम पालना गर्नुस

काठमाडौँ – आजको तिब्र गतिको जीवनमा हरेक तेस्रो व्यक्ति मोटोपनाबाट त्रसित छन् । खराब जीवनशैली, तनाव, धुम्रपान, खाने बानी र सुत्नको लागि निश्चित समय नहुनु जस्ता धेरै कारणहरू छन्। बढ्दो तौलका कारण जुनसुकै उमेर समूहका मानिसमा विभिन्न किसिमका रोग लाग्ने गरेको छ ।

आजको समयमा, तौल घटाउन र स्वस्थ जीवनशैलीको दिनचर्या पालना गर्नु गाह्रो काम बन्दै गएको छ। धेरैजसो मानिस फास्टफुडजस्ता बाहिरी खानेकुरामा बढी निर्भर हुन्छन् । यसको कारण व्यस्त जीवनशैली पनि हो ।

उचित खानपान र तनावका कारण मानिसमा मोटोपनाको समस्या देखिएको छ । मोटोपना धेरै रोगको जड बन्न पुग्छ । तर यदि तपाई पनि आफ्नो तौल छिट्टै घटाउन चाहनुहुन्छ भने केही सरल नियम पालना गरेर तौल घटाउन सक्नुहुनेछ

कसरी पालन गर्ने

दैनिक ८ घण्टामा जुनसुकै बेला खाना खान सकिन्छ र १६ घण्टासम्म केही खानु पर्दैन। यसका लागि तपाईले आफ्नो सुविधा अनुसार समय छनोट गर्न सक्नुहुन्छ।

यसमा हप्ताको ५ दिन खाना खान सकिन्छ र बाँकी दुई दिन भोकै बस्नु पर्छ।

पहिलो पटक व्रत बस्न लागेका व्यक्तिहरूले यो पद्धति अपनाउनुपर्छ। यसमा १० घण्टा खाना र १४ घण्टा उपवास समावेश छ।

के के छन् फाइदाहरू

मधुमेह नियन्त्रण
चयापचय बढाउनुहोस्
छिटो वजन कम
छाला चम्किलो बनाउन
कस्ता कुराहरु पछ्याउन नहुने

विज्ञहरूका अनुसार यो ढाँचा पालना गर्दा दूध, फलफूल वा यसको जुस, नरिवल पानी पिउनुहोस्। चुइङगम र दूध, कफी वा चियाबाट टाढा रहनु फाइदाजनक हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?