जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

निर्मल पौडेलको ‘म कमरेड’ युट्युबमा 

काठमाडौँ — निर्मल पौडेल निर्देशित लघु फिल्म  ‘म कमरेड’ युट्युबमार्फत प्रदर्शनमा आएको छ । लेखन निर्देशन पौडेल आफैँले गरेको यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन हुने मौका पाएको थियो । 

फिल्ममा पुर्व लडाकुको कथा समावेश छ छ । काफिया मिडिया, कर्णाली आर्ट्स र निर्मल पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म कोरोनाले सिर्जेको लकडाउनमा सुर्खेततिर यो फिल्म खिचिए थियो । 

यो फिल्म यसअघि अमेरिकाको सिकागो साउथ एसियन फिल्म फेस्टिभल, ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल, सर्ट फिल्म फेस्टिवल मुम्बई, डाक्टर अम्बेडकर फिल्म फेस्टिभल मुम्बई, साउथ एसियन सर्ट फिल्म फेस्टिवल कलकत्ता र ह्युमन राइट्स फिल्म फेस्टिभल नेपाललगायतमा छनौट भई प्रदर्शन भएको थियो ।

यस फिल्मको निर्माताको रुपमा रिता पौडेल ,गणेश कन्चन भारती छन् भने कार्यकारी निर्माता धिरेन चन्द हुन् । फिल्ममा सुर्बिना कार्की, प्रेमदेव गिरी, निर्जला सुनार, रियल विक्रमको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?