जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

साैरभ गांगुलीको बायोपिक फिल्ममा आयुष्मान खुराना

मुम्बई– बलिउड अभिनेता आयुष्मान खुरानाले भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिक फिल्ममा अभिनय गर्ने भएका छन् ।

भारतीय मिडियाका अनुसार यतिबेला बलिउडमा क्रिकेटर गांगुलीको बायोपिक निर्माणबारे चर्चा भइरहेको छ । फिल्मको निर्देशन रजनीकान्तकी छोरी ऐश्वर्याले गर्ने जनाइएको छ ।

फिल्ममा सौरभ गांगुलीको भूमिकामा आयुष्मान अनुबन्ध भइसके पनि अन्य कलाकार को रहने भन्नेबारेमा खुलाइएको छैन । यसअघि उक्त भूमिकामा कार्तिक आर्यनले अभिनय गर्ने चर्चा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?