जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

किमले पुटिनलाई दिए शिकारी कुकुर उपहार

काठमाडौँ– उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक जोडी कुकुर उपहार दिएका छन् । उत्तर कोरिया भ्रमणमा रहेका बेला किमले पुटिनलाई दुई वटा कुकुर उपहार दिएका हुन् ।

२४ वर्षपछि आफ्नो मुलुकको भ्रमणमा आएका रुसी राष्ट्रपति पुटिनलाई किमले पुङ्गसान शिकारी कुकुर उपहार दिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

कुम्सुसान आतिथ्य गृहको बँगैचामा डुल्दै गर्दा किमले पुटिनलाई ती कुकुर उपहारस्वरुप प्रदान गरेको केसीएनएले उल्लेख गरेको छ ।

यसअघि सन् २०१८ मा किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलाई पनि यही प्रजातिको कुकुर उपहार दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?